गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज गोरखामा थप १६ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकामा गरी १६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको हो ।
संक्रमित सबै एन्टिजेन परिक्षणका क्रममा देखा परेको हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार आज २३ जना महिला र १६ जना पुरुषमा परिक्षण गरिएका मध्ये गोरखा अस्पतालमा १ जना महिला, पालुङटार नगरपालिकामा ३ जना महिला र ४ जना पुरुष तथा धार्चे गाउँपालिकामा ७ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।
सोमबार सम्म जिल्लाको ८ स्थानिय तहमा ५१ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।
आज सम्म जिल्ला भित्र सक्रिमित भएका मध्ये ६ हजार ३३८ जना र जिल्ला बाहिर रहेका गोरर्खालीहरु ९९ जनाले कोरोना जित्न सफल भएका छन् ।





















