गोरखा । गोरखामा नेकपा एमालेबाट स्थानिय निर्वाचनमा विजयी भएका २ जना वडाअध्यक्ष सहित ३ जनाले नेकपा एकिकृत समाजबादीमा सनाखत गरेका छन् ।
पार्टी विभाजन पछी निर्वाचन आयोगले पार्टी रोज्न दिएको समय सिमा सकिनै लाग्दा एमालेका ३ जनाले एकिकृत समाजबाी पार्टी रोजेका हुन् ।
सनानत गर्नेहरुमा गोरखा नगरपालिका ८ की वडासदस्य कल्पना नेपाली र वडाध्यक्षहरुमा आरुघाट गाउँपालिका ३ का शिरबल बरामु र ५ का नारायणध्वज खड्का रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
तिनै जनाले आफै कार्यायलमा उपस्थित भएर सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर अधिकारीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का जिल्ला अध्यक्ष यादवबहादुर बस्नेतका अनुसार २२ गते सम्म पालिकाका पदाधिकारीहरु आएर सनाखत गर्ने तयारी भई रहेको जानकारी दिए ।
पार्टी अलग भए संगै गोरखामा एकिकृत समाजबादीले नेकपा एमालेका कार्यकता तथा स्थानिय चुनवामा निर्वाचित पदाधिकारीहरुलाई आफुतिर तान्ने कामलाई गरिरहेका छन् ।




















