गोरखा । नेपाली काग्रेसका नेता राजेन्द्र बजगाईले भीमसेन थापा गाउँपालिकी उपप्रमुख बिनु वाग्लेले काग्रेस क्षेत्रिय प्रतिनिधी जानबाट आफुलाई बजगाईले रोक लगाएको भन्ने आरोपको खण्डन गरेका छन् ।
गोरखा समाचार डटकममा प्रकाशित समाचारमा शेरबहादर देउवाको मान्छे भएकाले बगजाईले कुनै पनि हालतमा क्षेत्रिय प्रतिनिधी हुन दिन्न भन्दै अधिल्लो दिन नै आफुलाई होटलमा राखेर गाली गलौच समेत गरेको भन्ने वाग्लेले लगाएको आरोप झुटो भएको उनले बताएका हुन् ।
नेता बजगाईले निर्वाचन प्रकृयामा आफु सहभागी नै नभएको आरोपको खण्डन गर्नुभएको छ । बजगाईले नेपाली कांग्रेसको १४औं गाऊँ अधिवेशनमा भीमसेन थापा गाऊँपालिका वडा नम्बर १ मा आयोजित उद्घाटन समारोहको आतित्यथा ग्रहण गरेर शुभकामना मन्तब्य र आँकलन गरिए पनि आफु मध्यपहाडि लोकमार्ग निरीक्षणमा जिल्ला सदरमुक़ामबाट आएको जिल्ला प्रशासन, सुरक्षा अंग र लोकमार्गका प्राविधिक अधिकारीहरूसगै निरीक्षणमा निष्किएको दावी गरेका छन् ।
‘मलाई कथित जनप्रतिनिधि जो पालिकालाई ११औं तल्लो दर्जा र लाजको भारि बोकाउन सफल भए उनिहरू अधिवेशनमा पदको सुरक्षा गर्न व्यस्त थिए, बाग्लेको आरोपको खण्ड गर्दै नेता बजगाईले लेखेका भएको छन्, तर म भयभित गाऊँको रक्षा गर्ने तिर लम्किरहेको थिएँ तर त्यसबीच पनि कति झूठका प्रयास चल्ने रहेछ हाम्रो राजनितिमा भन्ने कुरा तथाकथित व्यर्थ भ्रम छर्न तल्लिन तिनै प्रतिनिधि प्रति म अचम्मित छु ।’
उनले आफुले कसैसंग मागेर नभई परिवारको छाक कटाएर दिनदुखीको सेवा गर्दै आएको भन्दै आफु माथि लगाइएको आरोपको खण्डन गरेका छन् । ‘निर्वाचन प्रक्रियाको स्वतन्त्रता बैधानिक बाटो सर्वसम्मत सम्पन्न निर्वाचन विधान क़ानून भित्र नै भएको सूचना लिएको छु, उनले भने, मैले मेरो मनको इच्छा र सहानुभूति मैले नै प्रयोग गर्ने बस्तु न नैशर्गिक अधिकार हो मेरो प्रभाव वा म संगको भकारी भरि रहेको प्रेम पनि खोसेर लिने होईन सप्रेम माग्ने हो कसैले खोस्न मिल्दैन भन्ने कुरामा विश्वस्त छु । प्रक्रियाहरूमा मेरो एकल प्रभाव चल्दैन चलेको छैन ।’
शनिबार गोरखा समाचार डटकममा ”गोरखाको भिमसेनथापा गाउँपालिकाकी उप प्रमुख वाग्लेले गरीन काँग्रेसबाट अलग हुने निर्णय” शिर्षकको समाचारमा नेता बजगाईले आफुलाई क्षेत्रिय प्रतिनिधि हुन रोक लगाएको वाग्लेले बताताएकी थिइन ।




















