गोरखा । गोरखा लायन्स आँखा सेवा केन्द्रको अध्यक्षमा योङकुमार श्रेष्ठ सर्व सम्मत चयन भएका छन् । सनिबार भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट गोरखा नगरपालिका ६ बसपार्क निवासी श्रेष्ठ सर्व सम्मत चयन भएका हुन् ।
लायन्स क्लब अफ गोरखाको कार्यालयमा भएको अधिवेशनबाट उपाध्यक्षमा श्रबणकुमार जोशी, सचिव अन्जितकुमार श्रेष्ठ र कोषाध्यक्ष श्यामबाबु श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै गरी अधिवेशनले सदस्यहरुमा धिरजबहादुर मास्के, सित्तलकाजी मास्के, भाइचन्द्र श्रेष्ठ, लक्ष्मणबाबु आचार्य र सुजन कुँवर सर्व सम्मत चयन भएको केन्द्र जानकारी दिएको छ ।
लायन्स क्बल अफ गोरखाले गोरखा अस्पताल परिषरमा २०६१ साल देखी आँखा अस्पताल सञ्चालन गर्दै आएको छ ।


