गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकाकी उप प्रमुखले नेपाली काँग्रेसबाट अगल भएको घोषणा गरेकी छिन् ।
१४औं वडाभेलामा आफुलाई जवजस्ती आफुलाई क्षेत्रिय प्रतिनिधी जानबाट रोक लगाएको भन्दै असन्तुष्टी जनाउदै उप प्रमुख बिनु वाग्लेले नेपाली काँग्रेस छाडेको घोषणा गरेकी हुन् ।
शुक्रबार गोरखाको ९४ वटै वडामा वडा अधिवेशन भई रहदा आफुले नोमिनेश गरेको भएता पनि निर्वाचन अधिकृत पूर्ण गुरुङ सहितको मिलोमतोमा आफ्नो नाम हटाएर अरुलाई निर्विरोध गरेको उनले आरोप समेत लगाएकी छिन । ‘मलाई शेरबहादर देउवाको मान्छे होस त । तलाई कुनै पनि हालतमा क्षेत्रिय प्रतिनिधी हुन दिन्न’ भन्दै अधिल्लो दिन नै राजेन्द्र बजगाईले होटलमा राखेर गाली गलौच गरेको समेत उनले बताईन ।
बिगतमा पनि आफुलाई बजगाईले सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने काम गरेको भन्दै निर्वाचन अधिकृत गुरुङलाई दवाव दिएर आफ्नो नाम नै लिष्टबाट हटाएको वाग्लेको आरोप छ ।
वाग्लेले नेपाली काँग्रेसलाई म चाहिदैन भने मलाई पनि नेपाली काँग्रेस चाहिदैन भनेर अलग हुने निर्णय गरेको बाग्लेले गोरखा समाचारको कुराकानी बताईन ।
खुल्ला तर्फ ५ जना चयन हुनुपर्नेमा ७ जनाको नाम परेको भएता पनि निर्वाचन अधिकृत गुरुङले निर्वाचन नै नगराईकन ५ जनाको नाम पढेर निर्विरोध भएको जानकारी भेलामा गराएका थिए ।
सो घटनाको बिषयमा आफुलाई कुनै जानकारी नभएको तर मिडियाँबाट जानकारी पाएको नेपाली काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले बताए ।
यता आरोप लागेको निर्वाचन अधिकृत गुरुङ र काँग्रेसका नेता बजगाईले पनि फोन सम्र्पकमा आउन मानेन् भने पालिका अध्यक्ष ईश्वर पाण्डे फोन सम्र्पकमा आएनन् ।
आफुलाई प्रजातन्त्रको हिमायती ठान्ने नेपाली काँग्रेस र त्यसका कार्यकताहरुले गरेको ब्यवहारले भने पार्टी कति प्रजातान्त्रिक छ भन्ने कुरा छर्लङ देखाएको छ ।


