साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखाका डुण्डुप गुरुङ अवैध यार्सागुम्बाको कारोबार गरेको आरोपमा काठमाण्डौंबाट पक्राउ गरेका छन् । उनको साथमा अन्य ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
चुमनुब्री गाउँपालिका ३ सिर्दीबार घर भई हाल काठमाण्डौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ १ किलो ८५० ग्राम यार्सागुम्बा सहित पक्राउ परेका हुन् ।
उनी संगै लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ घर भई काठमाण्डौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङकै बेसीशहर नगरपालिका ११ घर भई काठमाण्डौंको बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका ११ घर भई काठमाण्डौंको तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको जनाएको छ ।
अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले डुण्डुपको डेरा खानतलासी गर्दा १ किलो ८५० ग्राम यार्सागुम्बासहित चारै जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि आज डिभिजन वन कार्यालय काठमाण्डौंमा बुझाइएको प्रहरीले जनाएको छ ।




















