गोरखा । अनेरास्ववियू (क्रान्तिकारी) स्वास्थ्य बिज्ञान बिभागको भर्चुवल माध्यमबाट सम्पन्न प्रथम बैठकले बिभाग अध्यक्ष दुर्लभ शाहिको संयोजकमा ५१ सदस्य केन्द्रिय कमिटि गठन गरेको छ ।
स्वास्थ्यका विभिन्न संकायहरु अध्ययन अध्यापन गराउने बिश्वबिधालयहरु, प्रतिष्ठानहरु, सिटिइभीटी र स्वास्थ्यका महत्त्वपूर्ण संकायहरुको प्रतिनिधित्त्व रहने गरि पदाधिकारी सहितको १५ सदस्यीय कार्यालय, सातै प्रदेशका प्रदेश संयोजकहरु तोकि बैठकको निर्णयहरु सहितको पहिलो परिपत्र जारी गरिएको हो ।
जसमा गण्डकी प्रदेशमा बद्री गर्तौला संयोजकत्व रहने गरि ५ सदस्यीय कार्यकारी समिति गठन गरिएको जनाइएको छ । जसमा डा.हरि बिक्रम बोहोरा, डा.सन्देश पौडेल, दुर्गा महतरा र पुजा भेजेल सदस्य रहने गरि संगठनले जिम्मेवारी दिएको जनाएको छ ।
संगठनको केन्द्रिय अध्यक्ष रन्जित तामाङ्गको प्रमुख आथित्यतामा सम्पन्न बैठकले सम्पूर्ण स्वास्थ्य बिज्ञान अध्ययानरत बिद्यार्थीहरु माझ कक्षा कोठासम्म पुगी बिद्यार्थीहरुको समस्याहरु अध्यन र हल गर्न संगठनको अपरिहार्यता महसुस भएको हुदा देशभरि स्वास्थ्यका सम्पूर्ण संकायमा अध्ययनरत बहुसंख्यक बिद्यार्थीहरु अटाउन सक्ने गरि साझा संगठनको नाम “STUDENT’S ASSOCIATION OF HEALTH SCIENCES – NEPAL “ नेपालीमा “स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन-नेपाल ” र बोलीचालीमा छोटकरिमा SAHS (सास) राख्ने निर्णय गरेको प्रदेश संयोजक गर्तौलाले जानकारी दिए ।




















