काठमाण्डौं । गोरखा सौरपानी घर भएका राजकुमार श्रेष्ठ नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।
निर्वाचन आयोगको प्रवक्ता रहेका श्रेष्ठलाई सह सचिवबाट सचिवमा बढुवा गरिएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
यस्तै सरकारले परराष्ट्र मन्त्रालयका दुई उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई समेत सहसचिवमा बढुवा गरिएको कार्कीले जनाए ।
श्रेष्ठ गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीका स्थायी बासिन्दा हुन् ।




















