गोरखा । गोरखामा आज नोबल कोरोना भाइरस (कोभिड–१९)बाट थप ३ जनामा संक्रमण पुष्टी भएको छ ।
बुधबार जिल्लाको विभिन्न स्थानिय तहमा २१ जना महिला र १६ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टि गरेको हो ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा १–१ जना महिला र पुरुष तथा धार्चेमा १ जना पुरुष रहेका छन् ।
आज संक्रमण देखिएका सहित गोरखामा सक्रिय संक्रमितको संख्या १२८ जनामा झरेको छ ।





















