गोरखा । गोरखाका अञ्जनबावु खत्रीले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षकालागी उम्मेदवारी दिने भएका छन् ।
गोरखा जेसिजको बैठकले सन २०२२ को राष्ट्रिय अध्यक्षमा गोरखा सदरमुकाममा बसोबास गर्ने खत्रीको उम्मेवारी दिने निर्णय गरे संगै तयारी समेत तिब्र पारीएको गोरखा जेसिजले जनाएको छ ।
सन २०१६ को राष्ट्रिय उपाध्यक्ष भईसकेका खत्रीलाई अध्यक्षमा सर्व सम्मत गराउने उद्वेश्यका साथ देशैभरका सबै जेसिज संग समन्वयको काम भई रहेको गोरखा जेसिजले जनाएको छ ।
खत्री यस अघि २०१५ मा गोरखा जेसिजका अध्यक्ष भएका थिए भने २०१८ मा नेपाल जेसिजको कानूनी सल्लाहकार भई सकेका छन् ।
उनले २०२१ मा राष्ट्रिय अध्यक्ष सल्लाहकारको भूमिका निर्वाह गरीरहेका छन् ।
लियो क्लब अफ गोरखा अध्यक्ष २०१२–१३, गोरखा दरौंदी यातायात कम्पनी सेवा प्रा लि महासचिव, होटल संघ गोरखा वर्तमान अध्यक्ष, रोट्रयाक्ट क्लब अफ गोरखा संस्थापक सदस्य, रोटरी क्लब अफ गोरखा वर्तमान कोषाध्यक्ष, होटल सत्यम का सञ्चालक एवं पत्रकार महासंघ गोरखा पूर्व कार्यसमिति सदस्य तथा नेपाल रेडक्रसका आजिवन सदस्य हुन खत्री ।




















