गोरखा । गोरखामा केही दिन यता देखी कोरोना संक्रमितको संख्या घट्दै आएको छ ।
दैनिक जसो कोरोना संक्रमण देखिने गोरखामा आज भने कोरोना संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको चुमनुब्री, सिरानचोक र शहिद लखन गाउँपालिकामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।
आज सम्म आउदा ६ हजार ३०९ जनाले कोरोना जित्न सफल भएको कार्यालयले जनाएको छ ।
यसै बिच गोरखामा कोरोना संक्रमणबाट जिल्ला भित्र ३१ जना र जिल्ला बाहिर २८ जना गरी ५९ जनाले ज्यान गुमाएको पनि कार्यालयले जनाएको छ ।
मंगलर सम्म जिल्लाको ८ स्थानिय तहमा जम्मा १४२ जना सक्रिय संक्रमित रहेका छन् ।





















