गोरखा । गोरखा सिरानचोक गाउँपालिका घर भएका एक कोरोना संक्रमितको आज गोरखा अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।
मृत्तक सिरानचोक गाउँपालिका ४ का ८३ बर्षिय पुरुष रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
स्वास्थ्य अवस्था जटिल भए पछि गोरखा अस्पतालमा भाद्र १३ गते एन्टिजेन परिक्षण गरिएका उत्त पुरुषमा संक्रमण देखिए संगै एचडियू बेडमा राखेर उपचार गरिएको थियो ।
पारिवारी श्रोतका अनुसार २ बर्ष अगाडी लडेर घाईते उत्त पुरुष केहीको घरमा नै उपचार गर्दै आएकोमा स्वास्थ्य अवस्था जटिल भए पछि थप उपचारकोलागी गोरखा अस्पताल ल्याइएको थियो ।
मृत्तक पुरुषको शव उनीहरुको आफन्तले नै स्वास्थ्य मापदण्ड पुरा गरेर अन्त्यष्टी गरेका छन् ।




















