काठमाण्डौँ । विश्व शर्मा र आश्मा गिरी अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ुसपनीमाु सार्वजनिक भएको छ ।
रोमाण्टिक भर्सनको यस गीतमा गायिका मेलिना मैनाली र गायक आरके खत्रीको स्वर सुन्न सकिन्छ । अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्याप समेत समावेश छ ।
अनिल के मानन्धरले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । बिभोर पोखरेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।
मोडल शर्माको आधिकारिक च्यानल ‘विश्व शर्मा’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिकिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेका छन् ।




















