काठमाण्डौँ । भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड ‘खै त तिम्रो बुट्टे सारी’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा स्वर विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक प्रदिप लामाको रहेको छ । लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक)को शब्द, संगीत रहेको छ । गीतमा जोगलाल लामाको संगीत संयोजन रहेको छ ।
पत्रकार सम्मेलन गरी बिमोचन गरिएको म्युजिक भिडियोलाई सुर्य लामाले छायांकन र सम्पादन गरेका हुन् । निर्मल कुमार लामा (बिजी)को निर्देशनमा भिडियो तयार पारिएको हो ।
गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा अफ़िसिएल’ मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।




















