×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फर्कन छोरा (भिडीयो सहित)

  •  गोरखा समाचार
  • शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । बा, आमा अनि छोरो । सानो सुखी परिवार । खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धन कमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमा मात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमा एक्ला । उमेरले डाँडो काट्दै गएपछि काम गर्न सक्दैनन् । खेतबारी बाँझै । परदेशिएको छोरो फर्किदैन । सहजमा त बुढाबुढी बसेकै छन् । दुःख पर्दा ? साथमा छोरोसमेत छैन । आमा अचानक बिरामी पर्छिन् र मृत्युवरण गर्छिन् । परदेशिएको छोरो आमा मर्दासमेत साथमा छैन । धन कमाउन गएको छोरो आमा गुमाउँदा पनि साथ हुन पाउँदैन भने त्यो धनको के काम ?

    सानो हुन्जेल छोरोलाई माया, ममताको खाँचो हुन्छ । छोरो ठूलो भएपछि बा, आमालाई छोराको माया, ममताको खाँचो हुन्छ । तर दुःख पर्दा धन छ छोरो छैन भने त्यो धनको के अर्थ ? के पैसा पकाएर खान मिल्छ ? के पैसो खाँदा छोराको न्यानो माया प्राप्त हुन्छ ?

    यो अहिलेको नेपाली समाजको विवश परिवेश हो । चाहेर, नचाहेर नेपाली समाजले अहिले यही अवस्था भोगिरहेको छ । गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा भका बाबुआमा मात्रै । पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुले अनुभव नै गर्न पाउँदैनन् । कतिपयले त छोरो छ भन्न समेत पाउँदैनन् । धनभन्दा पहिले काठको बाकसमा छोरो फर्किसकेको हुन्छ । यही कारुणिक परिवेशलाई समेटेर प्रवीण खतिवडाले ‘फर्कन छोरा…’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन् ।

    भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । यो गीतको म्यूजिक भिडियोको सहनिर्देशकमा विनोद खतिवडा रहेका छन् । दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटोग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंगसंयोजन रहेको छ ।

    केशव दाहालको शब्द र संगीतमा बनेको यो गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् ।

    गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए ।

    यो गीतको भिडियोमा पैसा वा धनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्य पनि देखाइएको छ । दुःख पर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धन भन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।

    गायकसमेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमा लाको पिरती…’, ‘चौतारीमा बसौंन पियारी…’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, साउन २३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.