काठमाण्डौं । हरिवंश र मेलिनाको ‘माछीलाई खोलीको लेउ’ भिडीयो गीत सार्वजनिक गरिएको छ ।
गीतमा कलाकर हरिवंश आचार्य र मेलिना राईले आवाज भरेका छन् । यो गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ ।
विक्रम स्वारको निर्देशनमा तयार भएको गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारि र पल शाहको अभिनय देख्न सकिन्छ।
विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन तथा भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन रहेका छन् ।
नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन् ।




















