काठमाण्डौं । रक शैलीको ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ ।
युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन् ।
बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन् । नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन् ।
म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन् । जिदेन तामाङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो ।
भिडियो गायक खतिवडाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।




















