काठमाण्डौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
प्रेमिल जोडीको मार्मिक कथालाई समेटेर तयार पारिएको यस गीतलाई संचारकर्मी शिवराज योगीले लेखेका हुन् । गीतमा भिम बिसीको संगीत रहेको छ । विश्व अधिकारीले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
वियोगान्त कथामा तयार पारिएको म्युजिक भिडियोमा आकाश कार्की र अनु काफ्लेलाई फिचर्ड गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।
सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो । छोटो समयमा नै दर्शक, स्रोता म्युजिक भिडियोले सुखद प्रतिक्रिया प्राप्त गरिरहेको छ ।




















