काठमाण्डौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको शब्द र संगीत रहेको छ ।
प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दिपक राज बिश्वकर्माले संगीत संयोजन गरेका हुन् ।
गायक लिम्बु जीवनको यथार्थलाई समेटेर सिर्जना गर्न रुचाउछन् । यसअघि गायक लिम्बुको स्वरमा ुबुझिदेउु, ‘म पागलु’ ‘जलेर खरानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।
वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र बिष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ ।
इजरायलमा छायांकन गरिएको यस भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो ।
गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । विदेशी भूमिमा तयार पारिएको यस भिडियोलाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।




















