काठमाण्डौँ । मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित ‘तिमी निष्ठुरी हौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ ।
गायक बेदु सारु मगरको स्वर रहेको यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन् । गीतमा गायक मगरको नै संगीत भरेका छन् । दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन् ।
गोदावरीमा छायांकन गरिएको भिडियोलाई पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् । सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।
गायक मगरको आधिकारिक च्यानल ‘दु सारु मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि ‘डोली पियारी’,‘तिमी नै त हौ’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । नयाँ भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।




















