काठमाण्डौं – ‘द भ्वाइस अफ नेपाल ३’को नकआउट चरण सुरु भएको छ । शुक्रबार भएको पहिलो चरणको नकआउटमा टिम तृष्णा र टिम राजुबाट ३–३ जना प्रतिस्पर्धीले आफ्नो गायनकला प्रस्तुत गरेका थिए ।
नकआउट चरणमा टिम तृष्णाबाट कर्णराज गिरी लाइभ शोमा प्रवेश गरेका छन् भने टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् ।
अब आउँदो शुक्रबार प्रशारण हुने शोमा टिम प्रमोद र टिम दिपका ३–३ जना प्रतिस्पर्धीले लाइभ शोका लागि प्रतिस्पर्धा गर्नेछन् ।




















