काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि काठमाण्डौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाण्डौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
अब काठमाण्डौंमा आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने भएको छ ।




















