पोखरा – गण्डकी प्रदेशको विशेष अधिवेशन आजबाट अन्त्य भएको छ ।
मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता भएको अविश्वासको प्रस्ताव उपर आज मतदान हुने कार्यक्रम थियो तर गुरुङले हिजै राजीनामा दिएका कारण अधिवेशन अन्त्य भएको हो ।
संसद सचिवालयले सूचना जारी गर्दै प्रदेश सभाको विशेष अधिवेशन सोमबार बिहान १०ः०० बजे देखी अन्त्य भएको जनाएको छ ।




















