साँकेतिक तस्बिर
काठमाण्डौं – भेन्टिलेटर र अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज चीन जाने भएको छ ।
चीन सरकारले सहयोग गरेको ४०० थान अक्सिजन सिलिन्डर र केही भेन्टिलेटर लिन विमान चीन जान लागेको हो ।
विमान आज राति ११ः३० बजे बेइजिङतर्फ उड्ने निगमले जनाएको छ । सो सामान लिएर विमान मंङ्गलबार काठमाण्डौं आइपुग्ने छ ।




















