काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ७८७ नमूनाको पीसीआर र ५०६ को एन्टिजेन परीक्षमा ८ हजार ८५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । नेपालभरी सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५२ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ७२० पुगेको छ ।




















