पोखरा – गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वुब्बा गुरुङले राजीनामा दिएका छन् ।
मुख्य मन्त्री गुरुङ आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
भोली (सोमबार) प्रदेश सभामा मुख्यमन्त्री गुरुङ बिरुद्व अविश्वासको प्रस्तावमा मतदानको कार्यसूची रहेको थियो ।




















