पोखरा – कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल समाधा गर्ने गरी ‘क्विक रेस्पोन्स टीम’ बनाएको छ ।
महासंघको आज बसेको बैठकले महासचिव गोविन्द सुवेदीको संयोजकत्वमा कोषाध्यक्ष राजेन्द्र न्यौपाने र सदस्यहरु रञ्जिता शर्मा, प्रकास डोटेल र रमेश वास्ताकोटी रहेको ‘क्विक रेस्पोन्स टीम’ निर्माण गरेको हो ।
कोरोना महामारीको बेला पत्रकारहरुलाई पर्ने समस्या समाधान तथा आवश्यकताको आधारमा जिल्लाका सबै समस्या समाधान गर्नेगरी टिम निर्माण गरिएको अध्यक्ष नारायण शर्माले वताए ।
बैठकमा पत्रकार महासंघ गण्डकीलाई प्राप्त स्वास्थ्य तथा सुरक्षा सामाग्रीलाई सवै शाखाका अध्यक्षसंग समन्व गरेर सञ्चारकर्मीसंग पुराउने, निषेधाज्ञाको कारण घरभित्र रहँदा उत्पन्न हुनसक्ने समस्यालाई समाधान गर्ने गरी मनोपरामश चिकित्सकसंग सबै पत्रकारहरुको अन्तक्रिया गराईने निर्णय समेत भएको महासचिव सुवेदीले जानकारी दिए ।
वैठकले कार्यक्षेत्रमा खटिएका सवै पत्रकारको पिसिआरको ब्यवस्था गर्न, कोरोना बिरुद्वको खोपको ब्यवस्था मिलाउन र संक्रमितको उपचारमा प्राथमिकता दिन प्रदेश सरकार, सम्बन्धित स्थानीय तह र त्यहाँका स्वास्थ्य संस्थालाई आग्रह समेत गर्ने निर्णय गरेको छ । बैठकले पत्रकार स्वयम आफै पनि सुरक्षित रहन अनुरोध गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश भित्रका १० जना संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।




















