काठमाण्डौं – मन्त्रिपरिषद्को आकस्मिक बैठकले कोरोना महामारीमा केन्द्रित भएर वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कोरोना महामारी चुनौतिपूर्ण ढंगले बढिरहेको भन्दै अस्पतालहरुको सहज व्यवस्थापनका उपायहरु खोज्नुपर्ने निर्णय पनि भएको छ ।
वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५०० शैयाको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐन अन्तर्गत मन्त्रिपरिषदबाट विशेष आदेश जारी गरी वीरलाई आफैं चलाउने भएको हो । उक्त आदेश शनिबार बसेको मन्त्रिपरिषद बैठकले जारी गरेको हो । स्रोतका अनुसार अब वीर अस्पतालको नयाँ भवनमा ‘डेडिकेटेड युनिफाइड कमाण्ड’ अस्पताल बनाइन्छ । भवनमा तत्कालै ३०० बेड अक्सिजनसहितको आइसियू, १०० बेड आइसियू र ५० बेड भेन्टिलेटर बनाइने छ ।
वीरमा कम्तीमा ८०० बेड सञ्चालन गर्न सकिने स्वास्थ्यको आँकलन छ । साधारण बिरामीलाई १०० शैया छुट्याएर ७०० शैया कोरोना उपचारमा प्रयोग गर्ने तयारी स्वास्थ्यको छ ।




















