काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको २० हजार ८८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टी गरेको हो ।
२४ घण्टामा नेपाल भर कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




















