एजेन्सी – भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणका कारण शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ ।
दिल्लीस्थित एम्स अस्पतालमा अप्रिल २६ मा भर्ना भएका राजनको आज मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनी दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय भोगिरहेका थिए । २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा दोषी पाइएका राजनलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
मुम्बइमा भएका चर्चित घटनाहरुमा उनी जिम्मेवार मानिन्छन् ।




















