काठमाण्डौं – बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई आजै विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।
नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले नेपाली चलचित्र जीवन रेखामा ‘हाँसने रहरहरु आँसुमा डुबे’ लगायतका गीत गाएका थिए ।
उनको ‘तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन’ जस्ता अनगिन्ती गीत लोकप्रिय छन ।




















