काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९) बाट आज नेपाली इतिहासमा नै पहिलो पटक संक्रमित हुने र मृत्यु भएकाहरुले रेकर्ड ब्रेक गरेको छ ।
दृेशकाु विभिन्न प्रयोगशालामा गरिएको स्वाव र एन्टीजेन परिक्षणका क्रममा ८ हजार ६५९ जनामा संक्रमण देखिएको र ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा संक्रमित हुनेहरुको कुल संख्या ३ लाख ५९ हजा ६१० जना पुगेका छन् भने २ लाख ८९ हजार ७८३ जनाले कोरोना जित्न सफल भएका छन् ।
पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु संगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ जना पुगेका छन् ।





















