काठमाण्डौं – कोरोना संक्रमणले नेपालमा अहिले सम्मकै उच्च मृत्यु दर कायम गरेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमण देखिए संगै यो अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आजै देशैभरको विभिन्न प्रयोगशालामा १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी कुल ७ हजार ६६० जना संक्रमित भएका छन् ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ ।
नेपालमा अहिलेसम्म ३ लाख ५१ हजार ५ जनामा संक्रमण पुष्टि हुँदा २ लाख ८७ हजार ७९० जनाले कोरोनालाई जितेर सफल भएका छन् ।





















