एजेन्सी – औषधि निर्माता कम्पनी फाइजरले महामारीसँग लड्दै गरेको भारतलाई ७ करोड डलर बराबरको अत्यावश्यक औषधि निःशुल्क दिने भएको छ ।
कम्पनीका कार्यकारी निदेशक एलबर्ट बोर्लाले मानवीय राहतका रुपमा भारतलाई उत्त परिणामको औषधि पठाइने तयारी भई रहेको जनाएका छन् ।भारतको सरकारी अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुले आगामी ९० दिनभित्र उत्त औषधि प्राप्त गर्ने लक्ष्य राखिएको बोर्लाले जनाए ।
अमेरिका, युरोप र एशियामा रहेका आफ्ना सेन्टर्सबाट भारतलाई उत्त औषधि पठाउने कम्पनीले उल्लेख गरेको छ ।
ति औषधि सुन्निन कम गर्ने, रगत जम्नबाट रोक्ने र जिवाणुसँग लडने एन्टिबायोटिकहरु भएको कम्पनीले जनएको छ ।


