बनेपा – काभ्रेपलाञ्चोकमा श्रीमानको हत्या गर्ने श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
पाँचखाल नगरपालिका १२ की राममायाँ दनुवारलाई आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रीमान् निराजनलाई राममायाँले हँसिया प्रहार गरी हत्या गरेको काभ्रे प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । मृतक निराजनको शव पोस्टमार्टमको लागि धुलिखेल अस्पताल ल्याईएको छ ।




















