फाईल तस्बिर
काठमाण्डौं – नेपाली सेनाले कोरोना संक्रमितको उपचारका लागि १ हजार बेड तयार गरेको छ ।
कोरोना संक्रमितको उपचारका लागि सेनाले आफ्ना ६ अस्पतालमामा १ हजार वेड तयार गरेको हो ।
सेनाले वीरेन्द्र सैनिक अस्पताल र ३ वटा क्षेत्रीय अस्पतालमा २०० वेडका दरले र अन्य २ वटा अस्पतालमा १०० का दरले बेड तयार गरेको सैनिक निर्देशनालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै सेनालाई राजधानी र बाहिर गरी १ हजार बेड तयार गर्न निर्देशन दिएका थिए ।
सेनाले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यस अघि नै आन्तरिक रुपमा बेड तयार गरिरहेको थियो । सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले तयारी अवस्थामा रहेको वेडहरु सरकारको निर्देशनमा संक्रमितहरुको लागि खुल्ला गर्ने जानकारी दिए।
सेनाले काठमाण्डौंस्थित वीरेन्द्र सैनिक अस्पतालमा २०० बेड सर्वसाधारणको उपचारका लागि उपलब्ध गराउने गरी तयारी पुरा गरेको छ भने नेपालगन्ज, पोखरा र इटहरीमा रहेका सेनाका क्षेत्रीय अस्पतालमा पनि २०० बेड उपलब्ध गराउने तयारी पुरा गरेको छ।
धनगढीको बोराडाडी र बर्दिवासमा रहेको सैनिक अस्पतालमा १००÷१०० बेड सर्वसाधारणको लागि उपलब्ध गराउने जंगी अड्डाले जनाएको छ ।




















