फाईल तस्बिर
एजेन्सी – म्यानमारको सेनाले सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका ७ जनाको गोली प्रहार गरी हत्या गरेको छ।
म्यानमारको स्थानीय सञ्चारमाध्यमहरूका अनुसार २ जनालाई स्वेबो जिल्लाको वेटलेटसहर, २ जनाको सान राज्य तथा हिसपावा, नोवङकिओ र हपाकान्तमा १÷१ जनाको सेनाले हत्या गरिएको हो।
१ फेब्रुअरीमा शासन हातमा लिएपछि म्यानमारमा निरञ्तर विरोध प्रर्दशन हुदै आएको छ । प्रर्दशनमा सहभागीहरुलाई म्यानमारको सेनाले गोली प्रहार गरेर आइतबार सम्म ७५९ जनाको हत्या गरिसकेको छ । म्यानमारको सेना र सशस्त्र समूहहरू बीच झडप पनि तीव्र बन्दै गएको छ।


