काठमाण्डौं – राष्ट्रिय जनगणना २०७८ सरकारले स्थगित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १२औं राष्ट्रिय जनगणना स्थगित गर्ने निर्णय गरेको हो ।
केन्द्रीय तथ्यांक विभागका जनगणना कार्य स्थगित भएको जनाएको छ । मन्त्रिपरिषद्ले जनगणना स्थगित गर्ने निर्णय गरे संगै विभागले सबै काम स्थगित गरेको छ ।
विभागले आउदो जेठ २५ देखि असार ८ गतेसम्म जनगणना गर्ने तयारी गरेको थियो ।




















