काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा अहिले सम्मकै सर्वाधिक मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा ७ हजार २११ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो।
संक्रमित हुनेमा २ हजार ८६४ महिला र ४ हजार २७३ पुरुष रहेका छन् । १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन परीक्षणमा ७ हजार २११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो।
यो सहित नेपालमा संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ ।




















