फाईल तस्बिर
पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट गण्डकी प्रदेशको विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्युहुनेहरुमा कास्की ५ जना र पर्वत, दाङ र रुपन्देहीका १/१ जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
गएको २४ घण्टामा १ जनाको होम आइसोलेशन र ७ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्तक मध्ये कास्की जिल्ला पोखरा महानगरपालिका १६ का ७७ बर्षका पुरुषको होम आइसोलेशनमा बस्दा मृत्यु भएको हो भने महानगरपालिका २६ का ५८ बर्षका पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै गरी पोखरा महानगरपालिका १६ का ७३ बर्षिया महिलाको पनि मृत्यु भएको छ । उनको मेडिप्लस अस्पतालमा मृत्यु भएको हो । महागरपालिका १० की महिलाको मणीपाल अस्पताल र १९ का ५४ बर्षिय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा पर्वत जिल्ला कुश्मा नगरपालिका ५ की ७६ बर्षिया महिला, , दाङ जिल्ला राप्ती गाउँपालिका ५ घर भएका ४३ बर्षिय पुरुषको गण्डकी मेडिकल कलेजमा र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ३ घर भएका ७५ बर्षिय पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।


