धनुषा – धनुषामा भाइहरुसँग मिलेर आफ्नै श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको हंसपुर नगरपालिकामा शनिबार बिहान २५ वर्षीय शम्भु मण्डलको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हत्यामा संलग्न उनकै २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरू जय र अनिल मण्डल संलग्न भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको जनाएका छन्।
आरोपित सबै फरार भएको प्रहरीले जनाएको छ ।


