काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाछ आज नेपालमा थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ६५७ र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरेर ५ हजार ७२७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको हो ।
ुशुक्रबार ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा सक्रिय संक्रमितको संख्या मात्र ३८ हजार ८१३ पुगेको छ । मन्त्रालयले अस्पतालमा शैय्याको अभाव भएकाले सबैलाई संवेदनशील बन्न अनुरोध समेत गरिसकेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणकै कारण ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



