काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड १९)बाट आज नेपालमा थप ४ हजार ९२८ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो।
संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ। मृत्यु हुने दर र संक्रमणको दर अहिलेसम्मकै उच्च हो । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।
यस्तै गरी कोरोनाबाट निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ । मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन् ।


