काठमाण्डौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई केही समयमा नै वीर अस्पतालमा भर्ना हुने भएका छन् ।
डा.भट्टराईमा देखीएको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न वीरमा भर्ना हुन लागेका हुन् ।
उनलाई वीर अस्पतालका डा.सुबोध अधिकारीको नेतृत्वको चिकित्सक टोलीले भोली अर्थात शुक्रबार शल्यक्रिया गर्ने तयारी पुरा गरेको छ ।
भारतको दिल्लीमा ट्युमरमा क्यान्सर भएको आशंकामा स्वास्थ्य परीक्षण गराएका डा.भट्टराईले नेपालकै सरकारी अस्पतालमा उपचार गराउने निर्णय लिएका हुन ।




















