बुटवल – बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टाको बिचमा ३ जना संक्रमितको मृत्यु भएको छ ।
कोरोना बिशेष अस्पतालमा भर्ना भएका ति ब्यत्तिहरुको आजै बिहान मृत्यु भएको अस्पताल प्रशासनले पुष्टी गरेको हो ।
अस्पतालबाट प्राप्त विवरण अनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे बुटवल १४ का ६६ वर्षीय पुरुष र ३ः०० बजे मायादेवी ६ का ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्तक मध्ये २ जना ११ गते र १ जना ९ गते अस्पताल भर्ना भएका थिए ।
रुपन्देहीमा संक्रमणकाकारण मृत्यु हुनेको संख्या १८४ पुगेको छ । बुधबार उपचारकै क्रममा ६ जनाको मृत्यु भएको थियो ।
संक्रमितहरुको संख्या बढ्दै जान थाले पछि आजबाट रुपन्देहीमा पनि लकडाउन शुरु भएको छ । रुपन्देहीमा १ हजार ८०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।




















