एजेन्सी – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा भारतमा करिब ३ लाख ८० हजार जनामा संक्रमण पुष्टि भएको छ ।
भारत सरकारको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार १६४ जनामा संक्रमण देखिएको हो । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो घटना हो ।
भारतमा बुधबार ३ हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख ४ हजार पुगेको छ ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या मात्रै पनि ३० लाख ७५ हजार नाघेको छ ।




















