पोखरा – गण्डकी प्रदेशका मुख्य मन्त्री र्पथ्वीसुब्बा गुरुङ्गको अविश्वास प्रस्तावमा मतदान हुने दिन साँसद बेपत्ता भएको भन्दै खोजी गर्न निवेदन परे पछि संसद बैठक स्थगित गरिएको छ ।
बुधबार मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका साँसद खीमबिक्रम शाही अचानक वेपत्ता भएको भन्दे दलका साँसद पियारी थापाले बैठक स्थगित गरि शाहीको अवस्था सार्वजानिक गर्न निवदेन दिए लगत्तै संसद स्थगित भएको हो ।
तर शाहीका स्वकीय सचिव मीलन हमालले भने फेसबुकमा स्टाटस लेख्दै साँसद खीमबिक्रम बुधबार दिउसो १२ बजे अचानक बिरामी भएका कारण चरक मेमोरियल अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरिरहेको जानकारी गराएको छ ।


