काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८७० जनाको पिसीआर परिक्षणमा ४ हजार ७७४ र ९५५ जनाको एन्टिजेन परिक्षण गर्दा १२३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । जसमध्ये २ हजार ३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको मन्त्रालयको जनाएको छ ।


