काठमाण्डौं – बढ्दो संक्रमणलाई हेरी प्रत्येक जिल्लालाई निषेधाज्ञा जारी गर्ने लगायत सम्पुर्ण अधिकार सम्बन्धित् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
सरकारका प्रवक्ता पार्वत गुरुङले आज एक पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम प्रत्येक जिल्ला भित्र निषेधाज्ञा जारी गर्ने लगायत सम्पुर्ण अधिकार सम्बन्धित् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीले सोही अधिकार प्रयोग गरि पहाडी र हिमाली जिल्लाको हकमा २०० र काठमाडौँ उपत्यका र तराईका जिल्लाको हकमा ५०० भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेको अवस्थामा जिल्ला भरी वा कुनै भागमा निषेधाज्ञा वा अन्य कुनै कदम चाल्नुपर्ने आवश्यकता भए जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस लिई सार्वजनिक आवागमन, बजार सञ्चालन लगायत नियन्त्रण गर्न आवश्यक निषेधाज्ञा जारी गर्न जानकारी दिए ।
गुरुङले प्रमुख जिल्ला अधिकारीले आवश्यक परेको खण्डमा स्थानीय प्रशासन ऐन २०१९ ले दिएको अधिकार पनि प्रयोग गर्न सक्ने समेत बताए ।


