चितवन – नोबल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमितको संख्या बढ्न थालेपछि चितवनमा भोलि देखि निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिनकालागि निषेधाज्ञा गर्ने निर्णय भएको हो ।
समितिले सिसीएमसीको सिफारिसमा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगे स्थानीय प्रशासनले नै निषेधाज्ञा गर्न सक्ने अधिकार दिए पछि चितवनमा निषेधाज्ञा जारी गरिएको हो ।
चितवमा संक्रमितको संख्या ५८५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएसँगै कुल सक्रिय संक्रमितको संख्या ५८५ पुगेको हो ।




















